November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

ललिता निवास जग्गा प्रकरण: थप ४ जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका थप ४ आरोपी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेम मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेका छन् । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

उनीहरू २०४९ सालदेखि २०६६ सम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

Advertisement

यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ परेका थिए ।