काठमाडौं । चर्चित नेपाली कलाकार रविन तामाङको निधन भएको छ । रकगायक तथा अभिनेता तामाङको मंगलबार बेलुका निधन भएको परिवार स्रोतले जनाएको छ ।
मंगलबार बेलुका बुढानिलकण्ठस्थित घरमा निधन भएको अहिले तामाङको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत सुपरहिट गीतहरू रहेका छन् ।
उनी पछिल्लो समय चलचित्र अभिनयमा समेत ब्यस्त थिए । ‘छड्के’ , ‘मुखौटा’ , ‘जय पर्शुराम’, ‘चिसो एस्ट्रे’ लगायत दर्जनौं फिल्महरुमा उनले अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।