November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आरजु देउवाको नाम किटेको आवाज सन्देश शर्माकै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कठायतले आइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मेल खाएको उल्लेख गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै कराडौं असूली गरिएको प्रकरणको अनुसन्धान गरिरहेका बेला दुई महिना अघि कांग्रेस सांसद् आरजु राणा र मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भएको थियो । अडियो सम्वादमा दाङका सन्देश शर्माले एक व्यक्तिसँग आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरेका थिए ।

Advertisement

अडियो सार्वजनिक भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले छानबिन गर्न भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर फेक अडियो बदनियतपूर्ण ढंगबाट रेकर्ड गराइएको भन्दै उनले २७ वैशाखमा प्रहरीमा उजुरी दिएकी थिइन् । र, अडियोबारे ‘अत्याधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही’ गर्न माग गरेकी थिइन् ।

त्यो अडियो शरणार्थी प्रकरणका आरोपी सन्देशको भएकोमा अनुसन्धान अधिकृतहरुमा कुनै शंका थिएन । तर पैसा लिएको वा गिरोहलाई प्रत्यक्ष सहयोग गर्ने गरी काम गरेको खुल्ने आधारहरु नभेटिएको भन्दै प्रहरीले बयान समेत लिएन ।