November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आज कोदो दिवस पनि, तर खिर खानमै मात्र केन्द्रीत

काठमाडौँ । आज तेस्रो राष्ट्रिय कोदो दिवस भएपनि यसको चर्चा भएन, मानिसरुहले खीर खानमै केन्द्रीत भए । कृषि र खाद्यको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको अगुवाइमा दिवसको अवसरमा विभिन्न अन्तरक्रियासहित मनाइएको छ ।

खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासङ्घलगायतको आयोजनामा काभ्रेको मण्डनदेउपुरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीका अनुसार उक्त कार्यक्रममा कृषिको क्षेत्रमा कार्यरत सरकारी निकायका पदाधिकारी पनि सहभागी भएका थिए ।

Advertisement

सरकारले नै साउन १५ लाई कोदो दिवसको रूपमा मान्यता दिनुपर्ने माग किसान र सरोकारवालाको भए पनि यो पाली पनि अनौपचारिक रूपमा कोदो दिवस मनाउन लागेको हो ।

कोदो र कोदोजन्य बालीको उत्पादन र प्रवर्धनका लागि सरकारले १ सयभन्दा धेरै पालिकालाई परिपत्र गरिसकेको छ । ती पालिकामा करिब ५० करोड रुपैयाँ बजेट कोदोजन्य बालीका लागि चालु आर्थिक वर्षमा खर्च हुँदैछ ।

नेपालीमा कोखोजन्य बालीको उत्पादन बढाउनका लागि तीनै तहका सरकारले बजेट विनियोजन गर्दै आए पनि कोदोको आयात भने बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा १ करोड ८४ लाख किलोग्राम बराबरको कोदो आयात भएको भन्कासार विभागले जनाएको छ ।

उक्त परिमाणको कोदो र कोदोजन्य बालीका लागि ७३ करोड २० लाख ११ हजार रुपैयाँ खर्च भएको छ ।

गत आर्थिक वर्षमा नेपालले बेल्जियम, क्यानडा, हङकङ, कोरिया, बेलायतलगायतका मुलुकमा २१ लाख २३ हजार रुपैयाँ बराबरको १५ हजार ८ सय ११ किलो कोदो बिक्री गरेको भन्सार विभागले जनाएको छ ।