November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत फेला परेका छन् । सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ६ः४५ बजे श्रेष्ठको शव भेटिएको हो । वास्तविकता भने अहिले थाहा भइनसकेको प्रहरीको भनाइ छ ।

गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।

Advertisement

उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ ।

श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ ।