काठमाडौं । युवा कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को निधन भएको छ । क्यान्सरपिडीत रहेका कवि भाष्करको शुक्रबार बिहान निधन भएको हो ।
परिवार स्रोतका अनुसार उनी विगत एक बर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित थिए । उनको काठमाडौं, दिल्ली सहितका अस्पतालमा उपचार गरिएको थियो। केही समय अगाडि मात्रै उनको किमो थेरापी पनि गरिएको थियो। उपचारका लागि आर्थिक समस्या नहोस् भन्दै विभिन्न क्षेत्रबाट स्वतःस्फूर्त रूपमा सहयोग समेत सङ्कलन भएको थियो ।
२९ बर्षिया भाष्कर शिवनाथ गाँउपालिका २ शर्माली घर
भई हाल भीनपा १७ मझगाँउमा बस्दै आएका थिए ।
उनको आफ्नै निवासमै निधन भएको हो ।
कवि भाष्करको महाकाली नदीमा अन्त्येष्टी गरिएको छ ।