काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै विभिन्न संघ संस्थाबाट सुविधा लिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं.२ घर भई नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राझामा डेरा लिई बस्ने गरेका ३७ वर्षीय मोहन कोइराला रहेका छन् ।
कोइरालाले सरकारी तथा संघ संस्थामा अख्तियारको कर्मचारीको नाममा सुविधा लिने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका कोइरालालाई सोधपुछ गर्ने क्रममा उनले अख्तियारका कर्मचारी तथा प्रहरी टोलीलाई गालीगलौज गरी काम कारबाहीमा अवरोध गरेको प्रहरीले जनाएको छ ।
कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।