काठमाडौं । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहद्वारा प्रहार गरिएको गोली उनको टाउको र छातीमा लागेको प्रहरीले जनाएको छ । उनी एक निजी विद्यालयका प्रप्रधानाध्यापक रहेको बताईएको छ ।
गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनले अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।