काठमाडौं । अज्ञात समूहद्वारा गोलि हानिएका कलैया उपमहानगरपालिका–६ का शिक्षकको मृत्यु भएको छ ।
सोमबार दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा गम्भीर घाइते भएका बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को निधन भएको हो ।
उनलाई गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले उनलाई मृत घोषित गरेको हो ।
प्रहरीका अनुसार उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ ।