November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ७ जना पक्राउ

२०८० कार्तिक १४

काठमाडौं। बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवतीसहित ७ जना रहेको प्रहरीले जनाएको छ ।

सोमबार दुईवटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।

परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

Advertisement