काठमाडौं। पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको हो ।
बस्नेतविरुद्ध बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।