November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

निषेधित तथा म्याद गुज्रिएको औषधीसहित तीनजा पक्राउ

२०८० कार्तिक १६

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री वितरण गर्ने पसल संचालक र निषेधित औषधी खरिद गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र-५ कालाबन्जार स्थित रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्रीवितरण भइरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलबार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने पसल संचालक स्थानीय ५० वर्षीय विनय चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय विधान राईलाई पक्राउ गरेको हो ।

निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण तथा खरिद गर्ने उनिहरुलाई औषधी सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभागको कार्यालय बिराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertisement