November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गृहमन्त्रालयले गर्यो ४० उपसचिवको हेरफेर

२०८० कार्तिक १७

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । गृहले बिहिबार सूचना प्रकाशित गरी मापदण्ड पुगेका र सरुवा मागेकामध्ये ४० जनाको जिम्मेवारी हेरफेर गरेको जानकारी गराएको हो ।

सरुवा अन्तर्गत ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहले प्रमुख जिल्ला अधिकारी बनाएर वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुइँकेललाई बझाङ, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्ला पठाएको छ ।

त्यसैगरी, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई पठाइएको छ ।

Advertisement

https://drive.google.com/file/d/15vKwTdJVUKve4lwVFYqvr_KVEJjsVsj8/view