November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भूकम्पको कारण मृत्यु हुनेको संख्या १३८ पुग्यो

२०८० कार्तिक १८

काठमाडौं । भूकम्पको कारण मृत्यु हुनेको संख्या १३८ पुगेको छ । जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुम पश्चिमका भूकम्प पीडितलाई भेटेर सरकार साथमा रहेको बताएका छन् । सरकारले खोज, उद्धार र उपचारलाई व्यवस्थित गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नआत्तिन घाइते र प्रभावितलाई आग्रह गरेका छन् ।