November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न राष्ट्रपतिको आह्वान

२०८० कार्तिक २०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि आह्वान गरेका छन्।

एसिया प्रशान्त क्षेत्रीय उद्योग बाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने,‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु ।’

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको पनि बताए।

Advertisement

उनले भने, नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु।’