November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

युरोप भ्रमण स्थगित गर्दै राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा जाँदै

२०८० कार्तिक २०

काठमाडौँ । राष्ट्रपति पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका छन् ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम बनेको हो । भूकम्पकै कारण कात्तिक २३ देखि राष्ट्रपति पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

मन्त्रिपरिषदको गत कात्तिक १६ गतेको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो भने जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

Advertisement