November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चौधरी ग्रुपले भूकम्पबाट प्रभावित परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने

२०८० कार्तिक २१

काठमाडौं । चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने चौधरी फाउन्डेसनले जनाएको छ ।

मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपले जनाएको छ ।

यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो ।

Advertisement