August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

धरान तिनकुनेलाई सिरिजंगा चोक घोषणा

२०८० कार्तिक २५

धरान । महागुरु फाल्गुनन्दको १३९ औं जन्म जयन्तीको अवसर पारेर धरान –८ तिनकुनेलाई सिरिजंगा चौक नामाकरण गरिएको छ ।

सिरिजंगा लिपिका प्रवर्तक ते अङ्सि सिरिजंगा सिका शालिक रहेको स्थानलाई विधिवत रूपमा “सिरिजंगा चोक” नामकरण गरिएको हो ।

चोक नामकरण कार्यक्रममा उपमहानगरपालिकाको तर्फबाट उपप्रमुख आइन्द्रविक्रम बेघा, धरान –८ का वडा अध्यक्ष धनबहादुर राई, धरान –१५ का वडा अध्यक्ष नरेस ईवारम लिम्बु, चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला लगायत विभिन्न संघ संस्थाका विभिन्न तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisement