November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बल्खुमा एक पुरूष मृत

२०८० कार्तिक २६

काठमाडौं । बल्खुमा एक पुरूष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई आज मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।

आजै अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ।

Advertisement