काठमाडौं । अछाममा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मङ्गलसेन नगपालिका–३ लाछिमनाका शेरबहादुर भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुरलाई पक्राउ गरिएको हो ।
उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिएको र प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएका हुन्।
हत्या आरोप लागेका श्रीमानले मदिरा सेवन गरेको पाइएको पनिप्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन् ।