November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपालमा ठूला महल बनाउन दिन नहुने उपसभामुख रानाको भनाइ

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन्। शुक्रबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले खेतीयोग्य जमिनमा घर बनाउँदै जाने हो भने भविष्यमा खाद्यान्न अपुग हुने बताएकी हुन् ।

विश्व शौचालय दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ ।’  

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति दुःखसमेत व्यक्त गरेकी थिइन्।

Advertisement