November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि सुरु हुँदै छ । बैठक महोत्तरीको जलेश्वरमा मध्याह्न १२ बजेपछि बस्ने छ ।

आजदेखि १३ गतेसम्म (तीन दिन) चल्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रितसदस्यका रूपमा बोलाइएको छ ।

बैठकले पार्टीको आगामी नीति र राजनीतिक रोडम्याप तय गर्ने जनाइएको छ भने केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने छन् ।

Advertisement

रास्वपाले यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरेको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरेको थियो ।