काठमाडौं । ‘धर्मगुरू’ भनिने आचार्य श्रीनिवास पक्राउ परेका छन् । सोमबार दुर्गा प्रसाईं पक्षले गौशाला क्षेत्रमा गरेका प्रदर्शनमा बोलेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ।
आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको छ ।
यसअघि नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो।