विराटनगर । तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु हुनाका साथै ३४ जना घाँइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान करिब ५:४५ बजे बस दुर्घटनामा परेको हो ।
धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४५ का हस्त राईको उपचारको क्रममा दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा र हालसम्म स्थायी ठेगाना नखुलेका वर्ष अन्दाजी ५०/५५ का टोपबहादुर मगरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्य घाइतेहरूको दमौलीका विभिन्न अस्पतालहरूमा उपचार भएरहेको छ ।