November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

लागुऔषध सहित चारजना पक्राउ

विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधीसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिराटनगर- १६ का राहुल यादव र कृष्ण साह रहेका छन् । उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रहरीले प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको छ ।

Advertisement

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।