November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

विराटनगर । अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने व्याक्ति पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका- ४ कर्सिया बजार स्थितबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार अपरान्ह साढे ४ बजे सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को पाकेटमा प्रयोग गरीने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको छ, भन्ने गोप्य सूचनाको आधारमा ४८ बर्षीय सुनिल कुमार राजवंशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले राजवंशीले संचालन गर्दै आएको केशव किराना पसलबाट ‘रेडिमेड टोबाको’ लेखिएको अन्तःशुल्क स्टिकर ३ हजार १ सय ४० थान बरामद गरेसगै संचालक राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको जनाएको छ ।

Advertisement