November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

त्रिभुवन विमानस्थलबाट ६ किलो सुन बरामद

काठमाडौं। त्रिभुवन विमानस्थलबाट ६ किलो सुन बरामद भएको छ । भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ बजे दुबईबाट अवैधरुपमा ल्याइएको सुन बरामद गरेको हो ।

दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक इजिप्सयन नागरिकले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो । दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको भन्सार कार्यलयले जनाएको छ।

विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।

Advertisement