धरान। धनकुटामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पाख्रीबास नगरपालिका- ५ पन्चेभिरमा दुर्घटना हुँदा ट्याक्टर चालक छथर गाउँपालिका- १ तेह्रथुमका २८ बर्षीय दुर्गा बहादुर बिश्वकर्माको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार आइतबार बेलुका ८ बजे मध्यपहाडी लोक मार्गको सिधुवाबाट भोजपुरतर्फ जादै गरेको प्रदेश नं-१-०२-००३ त १६६३ नम्बरको ट्रयाक्टर अचानक बेक्र फेल भई सडकबाट अन्दाजि २५० मिटर तल खसेको थियो ।
दुर्घटना हुँदा घाइते भएका बिश्वकर्मालाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सह-चालक छथरजोरपाटी गाउँपालिका- ६ का १९ बर्षीय निर्मल कटुवालको सोहि अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ । घटना समबन्धमा थप अनुसन्धान भईरहेको छ ।