काठमाडौं । दलित भन्दै वृद्धलाई आश्रमबाट निकाल्ने महिला पक्राउ परेकी छन् । जातीय विभेद् गरेकाे आराेपमा मोरङको बूढीगंगा गाउँपालिका- १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्य पक्राउ परेकी हुन्।
उर्लाबारी नगरपालिका– ३ की ६२ वर्षीया शाेभा सुन्दासले आफूमाथि जातीय विभेद गरेकाे भन्दै प्रहरीमा उजुरी गर्दा गराएकी थिइन्। पीडितकाे उजुरीकाे आधारमा उनलाई साेमबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।
आचार्यले मंसिर १४ गने आफूलाई वृद्धाश्रमभित्र लगेको तर सिफारिस पत्र हेर्नासाथ दमाई (परियार) जातको भन्ने खुलेपछि ‘यस्तो जातको हुँदैन’ भनी फिर्ता पठाएको शाेभाले जाहेरीमा उल्लेख गरेकी छन्।