November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पाँचथरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु


पाँचथर। जिलाको पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका-५ का ४८ बर्षीय प्रेम संग्रौला रहेका छन् ।

प्रहरीका अनुसार शनिबार अपरान्ह सदरमुकामबाट माझीटारतर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका संग्रौला गाडीबाट लडेर घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ उनको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका-८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिई घटना स्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement