पाँचथर। जिलाको कुम्मायक गाउँपालिका- १ गैरीगाउँका ८३ बर्षीय चन्द्रमान तामाङको हत्या गरेको आरोपमा मृतककै छोरा पक्राउ परेका छन् ।
पौष ०४ गते बिहान आफ्नै घरको सुत्ने कोठामा तामाङ मृत अवस्थामा रहेको भन्ने सूचना पाएसँगै ईलाका प्रहरी कार्यालय याशोकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकका छोराहरुको संलग्नता रहेको खुल्न आएसँगै मृतकका छोराहरु ४५ बर्षीय घनेन्द्र तामाङ र ४० बर्षीय देवेन्द्र तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतक र छोराहरूबीच सामान्य घरायसी बिषयमा झै-झगडा हुँदा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
