November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार विराटनगर जाने भएका छन् । राष्ट्रपति पौडेल नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रममा जान लागेका हुन् ।

पौडेल बिहान ११ बजे विराटनगर पुग्ने जनाइएको छ ।उनले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन् ।

राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Advertisement