विराटनगर । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
बालक सामुदायिक वनभित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको जनाइएको छ।