काठमाडौं । बिपि राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।
बिपि राजमार्गस्थित सिन्धुलीको झांगाझोली रातमाटामा
काठमाडौँबाट सिन्धुलीतर्फ जादै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले केहीबेर अघि आगजनी गरेका हुन्।
बसले आज बिहान विपरित दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खोटाङ दिक्तेल नगरपालिका १० बस्ने १८ वर्षीया मुनाकला राई र तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको मृत्यु भएको हो ।
बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।