November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ।प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

Advertisement