November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बालकुमारी घटनाबारे गृहमन्त्रीसँग जवाफ माग्ने

काठमाडौं । बालकुमारी घटनाबारे राज्य व्यवस्था तथा सुशान समितिले गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ । समितिका सभापति रामहरि खतिवडाले भोलि विहान साढे ८ बजे बैठकमा बोलाएर जवाफ माग्ने तयारी रहेको बताएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

Advertisement