November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सिके राउतसहित ५१ जना पक्राउ

काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ४१ जना पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ४७ जना पुरुष र ४ जना महिला रहेका छन् ।अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement