तनहुँ । तनहुँमा बस दुर्घटाना हुँदा ३२ जना घाइते भएका छन् । विहीबार बिहान पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-६ मौरीबारीमा बस पल्टिँदा चालकसहित ३२ जना यात्रु घाइते भएका हुन् ।
प्रहरीका अनुसार वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खसेको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरा र २९ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।