November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

त्रिभुवन विश्वविद्यालय उपकुलपति पदपूर्ति दरखास्त रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति पदपूर्ति दरखास्त रद्द भएको छ । उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको हो।

त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि गत २० गते दरखास्त आव्हानसम्बन्धी सूचना जारी गरेको थियो ।
विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त सूचना रद्द भएको जानकारी दिएको हो।

‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०/०९/२० को सूचना रद्द गरिएको छ’, सूचनामा भनिएको छ । यो सूचना समितिको शनिबारको बैठकले रद्द गरेको जानकारी दिइएको छ । पदपूर्तिको दरखास्त आव्हानसम्बन्धी सूचना रद्द भएको कारण भने खुलाइएको छैन ।

Advertisement