August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

संखुवासभामा प्रहरीको सचेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर । संखुवासभामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी तथा
सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको हो।

बिहीवार ईलाका प्रहरी कार्यालय चैनपुर, वाना, हेदाङ्ना, गुफापोखरी, हटियागोला, याफु, आँखिभुई, प्रहरी चौकी ताम्कु, माङ्तेवा, चन्दनपुर, मानेभन्ज्याङ, चेवावेशी, मुढेशनिश्चरे, सिद्दपोखरी र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार संखुवासभाले आ-आफ्नो एरिया ईलाकामा “पीडित भेटघाट, सरसफाई, ट्राफिक नियम, लागुऔषध दुर्व्यसनी, बालबिवाह, बालयौन दुर्व्यव्याहार, घरेलु हिंसा, जबरजस्तीकरणी तथा महिला हिंसा, बहुबिबाह, लैङ्गिक हिंसा सम्वन्धी” सचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।

Advertisement