November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पेस्तोल र खुकुरीसहित एकजना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-९ स्थितबाट पेस्तोल र खुकुरीसहित एकजना पक्राउ परेका छन्ले । पक्राउ पर्नेमा लेटाङ नगरपालिका-१ का ५२ वर्षीय निरकुमार राई रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान केराबारी-९ भलुवाइ कि ५० वर्षीया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोलसमेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको मेड इन इटाली लेखेको अटो पेस्तोल १ थान र मेड इन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरीसहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको विराटनगरस्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनामा संलग्न हतियारसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भईहरेको छ प्रहरीले जनाएको छ ।

Advertisement