विराटनगर । सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सुनसरीको ईटहरी उप–महानगरपलिका–१ स्थित भित्री सडक खण्डमा आइतबार बिहान प्रदेश १–०२–०५० प ०५६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको कल्भटबाट तल झरेर दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको गढी गाउँपालिका–६ का ४२ बर्षिय चित नारायण माझीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी आज दिउँसो सुनसरीकै ईटहरी उप–महानगरपालिका–५ स्थित पुर्वपश्चिम लोक मार्गमा प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटर ना. ६ ख ६५७५ नम्बरको ट्रकमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक ईटहरी–५ का रबिन राईको धरान घोपामा उपचारको क्रममा क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।