November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

खेलाउना राखिएको कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा महिला पक्राउ

२०८० फाल्गुन १३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खेलाउना राखिएको कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्रउ पर्नेमा दुबईबाट आएकी भारतीय नागरिक रहेकी छन् ।

नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सुराकीले दिएको सूचनाको आधारमा प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो ।

Advertisement

उनले चारवटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेका थिए । उक्त बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको हो।

प्रहरीका अनुसार कुल ७०० ग्राम सुन र ७४० ग्रामको कफी पनि प्रहरीले बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।