November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर

२०८० फाल्गुन १४

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । एक महिलाले आइतबार काठमाडौं जिल्ला अदालतमा कँडेलविरूद्ध मुद्दा दर्ता गराएको स्रोतले जनाएको छ ।

पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने, कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ ।

Advertisement