November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

झापामा करेन्ट लागेर एकजनाको मृत्यु

२०८० फाल्गुन १६

विराटनगर। झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । झापाको बाह्रदर्शी गाउँपालिका- ६ करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

सोमबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रक्रियापश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement