November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मोरङको बेलवारीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु दुई घाईते

२०८० फाल्गुन १८

विराटनगर । मोरङको बेलवारी नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश १ –०२–००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाईसमेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए ।

घाईतेहरुलाई उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका–२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

उक्त घटनामा घाईते भएका बिर्तामोड–२ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तमोड–४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका–७ मोरङका २३ बर्षीय चन्द्र कुमार बि.क. र बस चालक सुन्दरहरैचा–१२ का ४५ बर्षीय छत्र कुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।