November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मोरङमा एक सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला

२०८० फाल्गुन २१

काठमाडौं । मोरङमा एक सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ स्थित रहेको सशस्त्र प्रहरी बलका गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

उनी कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिएपनि कोठा भित्र प्रहरी टोली प्रवेश गरिनसकेको प्रहरीको भनाई छ । उनको परिवारका सदस्यलाई बोलाएका र उनीहरू आएपछि मात्रै भित्र पस्ने प्रहरीले जनाएको छ ।

बस्यालको मृत्युको कारण भने खुलेको छैन ।

Advertisement