November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमतीको मृत्यु

२०८० फाल्गुन २५

काठमाडौं । भक्तपुरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो ।

श्रीमानको कुटाइबाट घाइते भएकी कुपवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बुलुका सवा सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए ।

पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement