November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

बसमा यात्रुलाई बेहोस् बनाई लुट्ने एक भारतीय नागरिक पक्राउ

२०८० फाल्गुन २५

पर्सामा सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । यात्रुलाई बेहोस् बनाई लुटेको अभियोगमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं २ का ३७ वर्षीय अखिलेश कुमार साह पक्राउ परेका हुन्

प्रहरीका अनुसार साहले बुधबार नारायणघाटबाट वीरगन्जतर्फ आइरहेको बसमा चढेका बारा आदर्श कोतवाल गाउपालिका–८ का उपेन्द्र मुखियालाई मिठाई र बिस्कुट खुवाई बेहोस् पारी उनीसँग रहेको ४१ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल सेट चोरी गरी फरार भएका थिए ।

खोजतलासको क्रममा वीरगन्ज महानगरपालिका–१६ भानुचोकबाट बुधबारनै पक्राउ परो साहलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

Advertisement

साहको साथबाट २७ हजार ४ सय १० रुपैयाँ र चोरीको एक थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएो छ ।