काडमाडौं । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीया अनिता साह शनिबार बिहान करिब पौने २ बजे मृत फेला परेकी हुन् भने उनका श्रीमान महेन्द्र साह अचेत अवस्थामा फेला परेका छन् ।
सुत्ने खाट छेउमा मृत फेला परेकी अनिताको अनुहारमा धरिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि टाउकोमा ढुंगाले प्रहार गरेको चोट पनि देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूबीच झगडा भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । श्रीमान–श्रीमतीबीच पछिल्लो समय कुरा नमिलेको भन्ने बुझिएको तर हत्या कसले गरेको ठ्याक्कै पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।
अनिताको शव पोष्टमार्टमका लागि लहान अस्पताल पु¥याइएको छ भने अचेत भेटिएका अनिताकी श्रीमान महेन्द्रको अहिले उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुबै जनाले मिलेर गोलबजारमा सिकेन्द्र पुर्वेको घर भाडामा लिई चिया नास्ता होटल संचालन गर्दै आएका थिए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।